• ८ वैशाख २०८१, शनिबार

एलओडी क्लबमा ‘कुटुम्ब’को प्रस्तुति

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार १० गते । ठमेलस्थित ‘एलओडी’ क्लबमा शनिबार साङ्गीतिक समूह ‘कुटुम्ब’ आफ्नो प्रस्तुति दिनुहुने भएको छ । सधैँ ‘डिजे’ सङ्गीत घन्किने यस पटक लोकधुन गुञ्जिनेछ ।पञ्चेबाजा, धिमे, सारङ्गी, मुरली र मादलको धुनले क्लबको माहोल फरक हुने आयोजकले जनाएका छन् । कुटुम्बले सोही दिन स्थानीय लोकबाजाको प्रयोग गर्नुहुनेछ ।

ब्यान्डले च्याब्रुङ, धां, धिमे, बाँसुरी सारङ्गी, तुङ्ना अर्बाजो, पञ्चेबाजा, मादल, धिमे, सारङ्गी र मुरली जस्ता बाजा प्रयोग गरी आफ्नो साङ्गीतिक समूहलाई अगाडि बढाइरहेका छन् ।नेपालका विभिन्न जातजातिले प्रयोग गर्ने उक्त बाजा कुटुम्बले प्रयोग गर्दै आइरहेका छन् । धेरैजसो नेपालका लोकप्रिय बाजा बजाउन गर्छ कुटुम्बले । ब्यान्डमा विशेषगरी ‘छ’ जना छन् । नेपाली सङ्गीत क्षेत्रमा फरक शैलीको धुन बजाएर नाम छुट्टै पहिचान बनाएको समूहले नेपाली बाजाको उत्थानसमेत गर्दै आएको छ ।