• ८ असार २०८२, आइतबार

क्रिकेट टोली स्वदेश फर्कियो

blog

स्वदेश फर्किएपछि नेपाली खेलाडी । तस्बिर : विकास द्वारे

काठमाडौँ, साउन ८ गते । स्कटल्यान्डमा सम्पन्न आइसिसी विश्वकप लिग–२ र त्रिकोणत्मक टी–२० सिरिज खेलेर नेपाली पुरुष क्रिकेट टोली आइतबार स्वदेश फर्किएको छ ।

टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट सङ्घ (क्यान) का पदाधिकारीले स्वागत गरे । नेपाल, आयोजक स्कटल्यान्ड र नेदरल्यान्ड्ससम्मिलित लिग–२ को चार खेलमा नेपालले तीन खेलमा जित हात पारेको थियो ।

यस्तै तीन टोलीबिचको टी–२० सिरिजमा नेपालले दुई जित र दुई हार खेप्दै दोस्रो भएको थियो । टी–२० सिरिजको उपाधि भने स्कटल्यान्डले जितेको थियो ।