• १६ असार २०८१, आइतबार

सुन ल्याउँदैगरेको अवस्थामा सातजना पक्राउ

blog

फाइल तस्विर

गोरखापत्र अनलाइन

काठमाडौं, जेठ २३ गते । कपडाको फल्स बटम बनाएर सुन ल्याउँदैगरेको अवस्थामा सात जनालाई प्रहरीले पक्राउ गरेको छ । शानिबार दिउँसो दुवईबाट काठमाडौँ आउने नेपाल वायु सेवा निगमको जहाजमा केही व्यक्तिले  भन्सार छली अवैध सुन ल्याउँदैगरेको गोप्य सूचनाको आधारमा प्रहरीले सात जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गुल्मीका ४२ वर्षीय सुरेशबहादुर शाही, कपिलवस्तुका २९ वर्षीय सन्दिपचन्द ठकुरी, बाराकी २२ वर्षिया निर्मला घलान, धनुषाका राहुल भन्ने ४१ वर्षीय बरुनभक्त माथेमा, चिनियाँ नागरिक २७ वर्षीय लोब्सान ग्याल्सेन, नवलपरासीका ४२ वर्षीय युवराज भुसाल र भारतीय नागरिक ५१ वर्षीय अमन राजपुत रहेका छन् ।

काठमाडौं, उपत्यका अपराध अनुसन्धान कार्यालयले उहाँहरुको साथबाट ८८८.९७ ग्राम सुन बरामद गरेको छ । नेपाल वायु सेवा निगमको जहाजमा अवैध सुन ल्याइँदैछ भन्ने गोप्य सूचनाको आधारमा  प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षको गेट बाहिरबाट पक्राउ गरेको हो । 

प्रहरीकाअनुसार सूचना प्राप्त भएपछि केरकार गर्दा शंकास्पद देखिएको थिएन । तर, कपडा छाम्दा गह्रुङ्गो पाएपछि शंका लागेर खोल्न लगाएर हेर्दा कपडाकोबीच भागमा सुन राखेको पाइएपछि कपडा लगेर सुन निकालिएको थियो । 

उक्त कार्यमा संलग्न अन्य पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचरणमा पठाइएको छ भने थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।