• १५ वैशाख २०८१, शनिबार

नीति तथा कार्यक्रमाथि उठेका प्रश्नको जवाफ दिनुहुँदै प्रधानमन्त्री देउवा (लाइभ)

blog

काठमाडौं, जेठ १४ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिनुभएको छ । शनिबार बस्ने दोस्रो बैठकमा प्रधानमन्त्री देउवाले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिनुभएको हो । 

संघीय संसदका महासचिव डा. भरतराज गौतमका अनुसार प्रधानमन्त्री देउवाले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिनुभएपछि नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनलाई निर्णायार्थ प्रस्तुत गरिनेछ । संशोधनपछि सभामुख अग्निप्रसाद सापकोटाले नीति तथा कार्यक्रमलाई निर्णायार्थ प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ । 

बैठकको अन्तिममा अर्थमन्त्री जनार्दन शर्माले ‘आर्थिक सर्वेक्षण २०७८–७९’ पेश गर्नुहुनेछ । संवैधानिक प्रावधान अनुसार सरकारले आर्थिक वर्ष २०७९–८० को बजेट ल्याउनुपर्नेछ ।