• १० जेठ २०८१, बिहिबार

नेपाली नागरिकका सन्तान राष्ट्रविहीनताको अवस्थामा बाच्न विवश : अध्यक्ष यादव

blog

तस्बिर : सुजन गुरुङ

काठमाडौं, जेठ १४ गते । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले नेपाली नागरिकका सन्तान राष्ट्रविहीनताको अवस्थामा बाच्न विवश भएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको शनिबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा सहभागी हुनुहुँदै अध्यक्ष यादवले नागरिकता विधेयक ल्याएर नागरिकताविहीनताको समस्या समाधान गर्न आग्रह गर्नुभयो ।

‘‘नेपाली नागरिकका सन्ता राष्ट्रविहीनताको अवस्थामा रहेका छन् । राष्ट्रले गल्ती गर्ने र नागरिकता नदिने भएकाले समस्या भएको हो ।,’’ उहाँले भन्नुभयो, ‘‘तत्काल नागरिकता ऐन पारित गरेर नागरिकता यथाशीघ्र प्रदान गर्ने व्यवस्था गर्नुपर्छ । सङ्घीयतालाई कार्यान्वयन गर्ने निजामती ऐन ल्याउनुपर्छ ।’’

बहुभाषिक नीति लागू गरेर एकभन्दा बढी भाषालाई सरकारी कामकाजको भाषाका रुपमा कार्यान्वयन गराउन अध्यक्ष यादवले माग गर्नुभयो । जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र कायम गर्न आग्रह गर्दै सिमान्तकृत र बहिस्करणमा पारिएका समुदायलाई विशेष ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।

उहाँले पछाडि पारिएको वर्ग तथा समूहलाई प्राथमिकता राख्न, ४० प्रतिशतभन्दा बढी रहेका युवालाई केन्द्रमा राख्न, आर्थिक दृष्टिकोणले पछाडि परेका तराई–मधेसका जिल्लालाई यथेष्ट बजेटको प्रबन्ध गर्न अध्यक्ष यादवले आग्रह गर्नुभयो । विकासलाई सन्तुलित तवरले अगाडि बढाउने गरी कार्यक्रम अगाडि बढाउन उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।