केदार तिमल्सिना
बनेपा, माघ २३ गते । प्रेस चौतारी नेपाल काभ्रेपलान्चोक शाखाको आठौं अधिवेशनबाट गोरखापत्रकर्मी केदार तिमल्सिनाको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । मङ्गलबार राति बनेपामा सम्पन्न अधिवेशनले तिमल्सिनाको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो ।
समितिको उपाध्यक्षमा सन्तोष चौलागाईं, महिला उपाध्यक्षमा सविता न्यौपाने, सचिवमा विकास तिमल्सिना, सहसचिवमा रञ्जित बोहरा सहसचिव समावेशीमा बुद्धकुमार श्रेष्ठ र कोषाध्यक्षमा मणिराम दाहाल निर्वाचित हुनुभएको हो ।
कार्यसमितिको सदस्यहरूमा अमिता शाही ठकुरी, बालकृष्ण बजगाई, नवराज ढकाल, लोकबहादुर थापा, अमित न्यौपाने, सिर्जना सापकोटा, प्रदीप भण्डारी र जयराज बजगाईं निर्वाचित हुनुभएको हो । अधिवेशनको उद्घाटन शत्रमा प्रेस चौतारी क्रियाशील पत्रकारिता पुरस्कारबाट भुवन रायमाझी र टिपी शर्मा युवा पत्रकारिता पुरस्कारबाट जगतमान बललाई पुरस्कृत हुनुभएको थियोे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेको निर्वाचित कार्यसमिति र अन्य समितिमा निर्वाचित पदाधिकारी र सदस्यलाई बधाई ज्ञापन गरिएको थियो ।