• २५ पुस २०८१, बिहिबार

ठुलीभेरी किनारमा एक पुरुषको शव फेला

blog

राजु लामिछाने
रुकुमपश्चिम, पुस २४ गते ।
रुकुमपश्चिममा एक व्यक्तिको शव फेला परेको छ । बुधबार बिहान आठबिसकोट नगरपालिका –१३ भल्ल गाउँ नजिक ठुलीभेरी नदि किनारमा एक पुरुषको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार नदी छेउमा शव रहेको सूचनापश्चात् प्रहरी टोली घटनास्थल पुगेको छ । शवको पहिचान भने हुन सकेको छैन । शरीरमा कपडा नभएको अवस्थामा पुरुषको शव भेटिएको उहाँले जनाउनुभयो ।

प्रहरीले स्थलगत घटनास्थल मुचुल्का तयार गरेर पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले ल्याउने तयारी गरेको उहाँले जानकारी दिनुभयो ।