• २४ पुस २०८१, बुधबार

कान्तिमा एक वर्षमा दुई लाख बढीले लिए सेवा

blog

कान्ति बाल अस्पतालको ६३औँ वार्षिकोत्सव अवसरमा सहभागीहरू । तस्बिर : गोरखापत्र

काठमाडौँ, पुस २२ गते । आर्थिक वर्ष २०८० र ०८१ मा मा कान्ति बाल अस्पतालमा दुई लाखभन्दा बढी बिरामीले सेवा लिएका छन् । 

अस्पतालको ६३औँ वार्षिकोत्सव अवसरमा निर्देशक डा. पंकज रायले गत आर्थिक वर्ष २०८० र ०८१ मा  दुई लाख चार हजार दुई सय ९९ जनाले अस्पतालबाट सेवा लिएको जानकारी दिनुभयो । 

निर्देशक डा. रायकाअनुसार अस्पतालमा ५१ हजार आठ सय ८६ जना बिरामीले इमर्जेन्सीमा सेवा लिएका छन् । यसैगरी, भर्ना भएर सेवा लिने बिरामी नौ हजार ६ सय ८५ जना छन् । अस्पतालले एक वर्षमा तीन हजार दुई सय ७६ जनालाई शल्यक्रिया सेवा दिएको छ । 

जसमध्ये  नौ सय ८२ जनाको मेजर शल्यक्रिया गरिएको छ । एक हजार १७ जनाको मध्यम शल्यक्रिया र एक हजार २७८ जनाको माइनर शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालले डाइग्नोष्टिक सेवाअन्तर्गत पाँच लाख ३७ हजार ४३९ ल्याबरोटोरी सेवा, ५१ इन्डोस्कोपी, ११ कोलोनोस्कोपी, ९९ ब्रोनचोस्कोपी, एक हजार ६१० सिटी स्क्यान, ५२ हजार ८५६ एक्सरे, २५ हजार ३५३ युएसजी र एक हजार ४७ इइजी सेवा लिएका छन् । 

आर्थिक वर्षभरिमा पाँच करोड ११ लाख ४४ हजार ९०१ रुपियाँको निःशुल्क सेवा दिएको अस्पतालको तथ्याङ्कमा उल्लेख छ।