• ८ वैशाख २०८१, शनिबार

बर्दगोरियामा अध्यक्षमा एमालेका कुँबर र उपाध्यक्षमा माओवादीका गिरी विजयी

blog

चाँदनी आचार्य

घोडाघोडी(कैलाली) जेठ ३ गते । कैलालीको बर्दगोरिया गाउँपालिकाको अध्यक्षमा नेकपा(एमाले)का कर्ण कुँबर विजयी हुनुभएको छ । कुँबरले गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका शेरबहादुर कठरियालाई एकहजार ६५६ मतले  पछाडि पार्दै विजयी हुनुभएको हो ।  

कुँवरले पाँचहजार ८४२ मत प्राप्त गर्नुभएको थियो भने उहाँको प्रतिद्धन्दी कठरियाले चार हजार १८६ मत प्राप्त गर्नुभएको थियो । त्यसैगरी उपाध्यक्षमा गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका गणेशराज गिरी विजयी हुनुभएको छ । गिरीले चार हजार ५६९ मत प्राप्त गर्नुभएकोछ भने उहाँको प्रतिद्धन्दी नेकपा (एमाले)का ईन्दु कठरियाले चार हजार २५५ मत प्राप्त गर्नुभएको छ । उक्त गाउँपालिकामा कांग्रेस र माओवादीकेन्द्रले गठबन्धन गरेको थियो ।

६ वटा वडा रहेको उक्त गाउँपालिकामा वडा नम्बर १ र २ मा एमालेको उम्मेदवार अध्यक्षमा विजयी हुनुभएको छ भने वडा नम्बर ३ र ४ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी हुनुभएको छ । त्यसैगरी वडा नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी हुनुभएको छ भने ६ नम्बर वडामा स्वतन्त्र उम्मेदवार भोलेराम चौधरी विजयी हुनुभएको छ ।