• ११ मंसिर २०८१, मङ्गलबार

सिद्धिचरण नगरपालिका प्रमुखमा काँग्रेस, उपप्रमुखमा एमाले विजयी

blog

शेरबहादुर राई 

ओखलढुंगा, जेठ ३ गते । ओखलढुगाको सिद्धिचरण नगरपालिकाको प्रमुखमा काँग्रेस र उपप्रमुखमा एमाले विजयी भएको छ । प्रमुखमा नेपाली काँग्रेसका तेजन खनाल र उपप्रमुखमा केदारबाबु बस्नेत विजयी भएका हुनुभएको हो । 

नेकपा एमालेका उम्मेदवार इच्छाकुमारी गुरुङलाई १ हजार १ सय २१ मतले पछि पार्दै मेयरमा खनाल निर्वाचित हुनुभयो । खनालले ६ हजार ७ सय ९१ मत पाएका छन् । निकटम् प्रतिस्पर्धी गुरुङले ५ हजार ६ सय ५० मत ल्याउनुभयो । 

उप प्रमुखमा एमालेका बस्नेतले माओवादी केन्द्रका रुपेश शाक्यलाई ५ सय १६ मतले पछि पार्दै जित हात पार्नुभएको छ । बस्नेतले ५ हजार ६ सय ९८ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी शाक्यले ५ हजार १ सय ५२ मत पाउनुभयो ।

नगरपालिकामा जन्तरखानी बाहेक सबै तहसम्मै काँग्रेस–माओवादी गठबन्धन थियो । १२ वडामध्ये काँग्रेसले ९ वडा जितेको छ भने एमालेले २ र माओवादी केन्द्रले १ वडा जितेको छ । 

काँग्रेसबाट वडानम्बर १ मा तीर्थ घिमिरे, ३ मा सीताराम दाहाल, ६ मा मेखबहादुर मगर, ७ मा भलाबहादुर कट्वाल, ८ मा एकराज तामाङ, ९ मा गुणराज खड्का, १० मा रमेश धमला, ११ मा विनोद ताम्राकार, १२ मा उमङ्ग श्रेष्ठ विजयी भएका छन् । 

एमालेबाट वडानम्बर ४ मा रत्न गुरुङ र ५ मा डिल्लीशेर राई विजयी भएका छन् । वडानम्बर २ मा माओवादीका वसन्त कट्वालले जितेका छन् ।