• १६ चैत २०८०, शुक्रबार

प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जली अर्पण (फाेटाे फिचर)

blog

तस्बिर– मनोजरत्न शाही, सागर बस्नेत


काठमाडौं, जेठ ३ गते । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ना भाइ स्वर्गीय प्रेमबहादुर देउवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।


प्रधानमन्त्री देउवाले पशुपतिस्थित आर्यघाट जानु भई भाइ प्रेमबहादुरको पार्थिव शरीरमा नेपाली काँग्रेसको चार तारे झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभयो ।


यसैगरी, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, पार्टी प्रवक्ता डा. प्रकाशशरण महतलगायत काँग्रेस नेता तथा कार्यकर्ता, स्वर्गीय प्रेमबहादुरका परिवारका सदस्य र आफन्तजनले पनि अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभयो ।


लामो समयदेखि क्यान्सर रोगबाट पीडित प्रेमबहादुरको ६७ वर्षको उमेरमा मङ्गलबार बिहान २ बजे वीर अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।


स्वर्गीय देउवाका श्रीमती, दुई छोरा वीरेन्द्र देउवा, विक्रम देउवा तथा छोरीद्वय बिन्दु देउवा बम र सिन्धु देउवा राणा हुनुहुन्छ ।


यसैबीच, नेपाली कांग्रेसले एक विज्ञप्ति प्रकाशित गरी प्रेमबहादुर देउवाको निधनप्रति गहिराे शाेक प्रकट गरेकाे छ ।








तस्बिर– मनोजरत्न शाही, सागर बस्नेत