• १२ साउन २०८१, शनिबार

रामपुर नगर प्रमुखमा काङ्ग्रेसका थापा निर्वाचित

blog

रेखीराम राना

पाल्पा, जेठ ३ गते । रामपुर नगरपालिकाको नगर प्रमुखमा नेपाली काङ्ग्रेसका रमणबहादुर थापा निर्वाचित हुनुभएको छ । थापाले १० हजार ४ सय ६५ मतसहित विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका शिवप्रसाद अर्यालले १० हजार ८३ मत मात्र ल्याउनुभएको थियो । 

यस्तै,रामपुर नगरपालिकाको उपप्रमुखमा बालकुमारी थापा निर्वाचित हुनुभएको छ । उपप्रमुखमा थापाले १० हजार ३ सय ७ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी दुर्गादेवी रानाले १० हजार २ सय ५० मत मात्रै ल्याउनुभएको छ । 

रामपुरको १० वटा वडामध्ये नेपाली काङ्ग्रेसका उम्मेदवारले १, २, ४, ५, ६, ७ र ९ वडा जितेको थियो भने एमालेले ३, ८ र १० वडा जितेको थियो ।