• १२ वैशाख २०८१, बुधबार

पाँचखाल नगरपालिका–१३ मा पुनः मतदान सुरु

blog

केदार तिमल्सिना 

बनेपा, जेठ ३ गते । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–१३ मा मङ्गलबार पुनः मतदान सुरु भएको छ । विवादका कारण रोकिएको पाँचखाल नगरपालिका–१३ स्थित श्रीराम मावि मतदान केन्द्रको पुनः मतदान मङ्गलबार बिहान ७ बजेदेखि सुरु भएको हो । बिहान ८:३० बजेसम्म १५० मत खसेको सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले जानकारी दिनुभयो। 

शुक्रबार निर्वाचनमा खटिएका कर्मचारी र मतदान प्रतिनिधिबीच विवाद उत्पन्न भएपछि मतदान प्रतिनिधि बसेका व्यक्तिले १० वटा मतपत्र खोसेर भागेपछि विवाद भई काँग्रेसका कार्यकर्ताहरुले मतदान केन्द्रका बेन्च, कुर्सीलगायतका सामग्री तोडफोड गरेका थिए । श्रीराम मावि मतदान दुईवटा मतदान केन्द्र  छन् । जसमा पुरुष ८८३ र महिला ८९५ गरी कुल १७७८ मतदाता छन् । विवादका कारण रोकिएको मतदान पुनः सुरु भएसँगै बिहानै देखि बाक्लो उपस्थितिमा मतदाताहरु मतदानका लागि उपस्थित भएका छन् । निर्वाचनको समयमा हुन सक्ने गतिविधि रोक्नका लागि जिल्लाका सबै सुरक्षा निकाय, सञ्चारकर्मीको बाक्लो उपस्थिति छ ।