• ६ जेठ २०८१, आइतबार

दार्चुलामा हाइस दुर्घटना हुँदा तीन जनाको मृत्यु

blog

ग्वानीमा दुर्घटना भएको हाइस । तस्बिर : लोकेन्द्र जोशी

दार्चुला, जेठ २ गते । दार्चुलाको शैल्यशिखर नगरपालिका–६ ग्वानीमा हाइस दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरबाट पनेबाँजतर्फ जादै गरेको राजेन्द्रसिंह बिष्टको नाममा रहेको म १ ज २७७ नम्बरको हाइस शैल्यशिखर–६ ग्वानीको वडा कार्यालय नजिक रोलाखोलामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा चालक प्रकाशसिंह धामी, यात्रु नविनसिंह धामी र हरिश धामीको मृत्यु भएको छ । हाइस सडकबाट करिब पाँच हजार मिटर तल भिरमा खसेको बताइएको छ । थप अनुसन्धानका लागि घटनास्थलमा प्रहरी खटिएको छ । तीन जना गाउँलेको ज्यान गएपछि ग्वानी गाउँ शोकमा डुबेको स्थानीय भरतसिंह धामीले बताउनुभयो ।