• १६ भदौ २०८१, आइतबार

न्युजिल्याण्डका प्रधानमन्त्रीलाई कोरोना सङ्क्रमण

blog

वेलिङटन, वैशाख ३१ गते । न्युजिल्याण्डका प्रधानमन्त्री जासिन्डा आर्डर्नलाई कोरोना भाइरस सङ्क्रमण भएको छ । प्रधानमन्त्री जासिन्डा आर्डर्नलाई कोरोनाको सङ्क्रमण देखिएको शनिबार जनाइएको छ ।

शनिबार बिहान उहाँले सामाजिक सञ्जालमा पोष्ट गर्दै आफूलाई कोरोना भाइरस भएको बताउनुभएको हो । आफू परिवारका साथ घरमा रहेको र आजदेखि घरमै एकान्तवास बस्ने जानकारी पनि गराउनुभएको थियो । उहाँले सामाजिक सञ्जालमा आफूले कोरोना भाइरसविरुद्धमा विभिन्न सतर्कता अपनाउँदा पनि भाइरस देखिएको बताउनुभएको हो ।

प्रधानमन्त्री जासिन्डा आर्डर्नका सहयोगी पनि सङ्क्रमित भएकाले आफू र सहयोगीले घरबाटै कार्यालयको काम गर्नेगरी व्यवस्था मिलाएको पनि उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ । हाल न्युजिल्याण्डमा दैनिक ७ हजारभन्दा बढी नागरिकमा कारोना भाइरसको संक्रमण हुने गरेको बताइएको छ ।