• २४ असोज २०८१, बिहिबार

उद्योगपति रतन टाटाको निधन

blog

नयाँदिल्ली, भारत,  असोज २४ गते । टाटा सन्सका भूतपूर्व अध्यक्ष रतन टाटाको बुधबार साँझ निधन भएको छ ।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले उहाँलाई श्रद्धाञ्जली अर्पण गर्दै उहाँ भारतीय उद्योगका ‘टाइटन’ हुनुहुन्थ्यो भन्नुुभयो ।

उद्योगपति टाटाको मृत्युको पुष्टि गर्दै रक्षामन्त्री सिंहले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ, “रतन टाटाको निधनले दुःखी छु। उहाँ भारतीय उद्योगका ‘टाइटन’ हुनुहुन्थ्यो। हाम्रो अर्थव्यवस्था, व्यापार र उद्योगमा उहाँको महत्वपूर्ण योगदान थियो ।”

रक्षामन्त्री सिंहले लेख्नुभएको छ, “उहाँको परिवार, साथीभाइ र प्रशंसकहरूप्रति मेरो गहिरो समवेदना छ । उहाँको आत्माले शान्ति पाओस्।” रासस\एएनआई