• १६ चैत २०८०, शुक्रबार

दीपिका पादुकोण 'लुइस भिटन'को ब्रान्ड एम्बेसेडर

blog

काठमाडौं,  वैशाख ३० गते । बलिउड अभिनेत्री दीपिका पादुकोण 'लुइस भिटन'को ब्रान्ड एम्बेसेडरमा नियुक्त हुनुभएको छ । फ्रान्सेली लक्जरी हाउसले जारी गरेको विज्ञप्तीमार्फत पादुकोणलाई ब्रान्ड एम्बेसेडर नियुक्तिको घोषणा गरेको हो । 

भारतीय सञ्चार माध्यमले जनाएअनुसार फ्रान्सको लक्जरी ब्रान्डको एम्बेसेडर बन्ने उहाँ पहिलो भारतीय अभिनेत्री हुन्।  'दीपिका सफल भारतीय अभिनेत्रीको रूपमा चिनिनुहुन्छ, उहाँका उपलब्धिहरूले उहाँलाई हाल आइकन बनाएको छ,' विज्ञप्तिमा उल्लेख गरिएको छ ।