• ७ वैशाख २०८१, शुक्रबार

अन्तर्वार्ता रोक्न निर्देशन

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, वैशाख ३० गते । वैदेशिक रोजगारीमा जान चाहनेका लागि वैशाख ३० र ३१ गतेका लागि तय गरिएका अन्तर्वार्ता कार्यक्रम रद्द गर्न वैदेशिक रोजगार विभागले निर्देशन दिएको छ । विभागले बिहीबार सूचना जारी गर्दै वैशाख ३० गते स्थानीय तहको निर्वाचन र ३१ गते शनिबार परेकाले ती दिनमा गर्ने भनिएका अन्तर्वार्ता स्थगन गर्न वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीलाई निर्देशन दिएको हो ।

विभागले जेठ १ गते पछिका लागि तोकिएका अन्तर्वार्ता भने सञ्चालन गर्न सकिने जनाएको छ । दर्जनौँ म्यानपावर कम्पनीले विभिन्न देशमा रोजगारीमा पठाउने गरी वैशाख ३० र ३१ गते अन्तर्वार्ता तोकेका थिए ।