• ५ जेठ २०८१, शनिबार

सार्वजनिक बिदा

बहसमा दुई दिने साप्तहिक बिदा : स्वास्थ्य संस्था अन्योलमा

blog

काठमाडौं, वैशाख २२ गते । नेपाल सरकारले परीक्षणका लागि जेष्ठ १ गतेदेखि हप्तामा दुई दिन  साप्तहिक बिदा दिने निर्णय गरेको छ । तर सरकारको यो निर्णय नै अन्याेलमा पर्ने अवस्था आएको छ । यता, स्वास्थ्य संस्थामा यो निर्णय लागू गर्ने कि नगर्ने भन्ने विषयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अझै निर्णय गरिसकेको छैन ।  

वैशाख १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले जेष्ठ १ गतेदेखि शनिबार र आइतबार साप्तहिक बिदा दिने निर्णय गरिसकेको छ । बिदासँगै सरकारले बिहान साढे नौ बजेदेखि साँझ साढे ५ बजेसम्म कार्यालय समय पनि परिवर्तन गरेको छ । 

यस विषयमा छलफल गर्न मन्त्रालयले बिहीबार अस्पतालका निर्देशक र पेशागत सङ्घ–सङ्गठनका प्रतिनिधिलाई पत्रचार गरिसकेको छ । मन्त्रालयले  बिहीबार १ बजे छलफल गर्न पत्रचार गरेको छ । यस विषयमा स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा. समीरकुमार अधिकारी संस्थामा पनि यो नियम लागू हुने बताउनुहुन्छ । 

 बिदासँगै सरकारले बिहान साढे नौ बजेदेखि साँझ साढे ५ बजेसम्म कार्यालय समय पनि परिवर्तन

दुई दिन बिदाबारे स्वास्थ्यसँग सम्बन्धित पेशागत सङ्घ–सङ्गठन र अस्पताल निर्देशकसँग छलफल गरेर मात्र सेवाग्राही र सेवाप्रदायकमा असर नपर्ने गरी निर्णय गर्ने सह-प्रवक्ता डा. अधिकारीले बताउनुभयो ।

“सरकारको निर्णय स्वास्थ्य क्षेत्रमा पनि लागू हुन्छ तर सेवाग्रही र सेवाप्रदायक दुवैलाई सहज हुने गरी सेवा दिनका लागि मन्त्रालयका अधिकारी, पेशागत सङ्घ–सङ्गठन र अस्पतालका प्रमुखलाई बोलाएर छलफलको क्रममा छ, छिटो निर्णय गछौँ ।”, उहाँले भन्नुभयो । 

चिकित्सक सङ्घको स्वागत 

नेपाल चिकित्सक सङ्घ (एनएमए)ले सातामा दुई दिन बिदा दिने सरकारको निर्णयको स्वागत गरेको छ । सङ्घले आइतबार विज्ञप्ति जारी गर्दै स्वास्थ्य क्षेत्रमा दुई दिन बिदा दिने सरकारको निर्णय लागू गर्न आग्रह गर्दै यो निर्णयको स्वागत गरेको हो । 

सरकारको निर्णय स्वास्थ्य क्षेत्रमा पनि लागू हुन्छ तर सेवाग्रही र सेवाप्रदायक दुवैलाई सहज हुने गरी सेवा दिनका लागि मन्त्रालयका अधिकारी, पेशागत सङ्घ-संगठन र अस्पतालका प्रमुखलाई बोलाएर छलफल

चिकित्सले परिवारलाई समय दिन नसकेको, सधैँ काममा व्यस्त रहँदा मानसिक तथा शारीरिक तनावमा रहनुपर्ने भएकाले दुई दिने बिदाको निर्णय राम्रो भएको चिकित्सक सङ्घको जिकिर छ । सातामा दुई दिन बिदा हुँदा चिकित्सकले आराम गर्ने समय पाउने र तनावमुक्त अवस्थामा काम गर्न पाउने भएकाले निर्णय राम्रो भएको सङ्घको विज्ञप्तिमा उल्लेख गरेको छ ।  

सरकारको निर्णयमा एपोनको धारणा

दुई दिन बिदा दिने निर्णयको विषयमा सरकारी चिकित्सक सङ्घ (एपोन)ले पनि आफ्नो धारणा सार्वजनिक गरेको छ । सरकारले आइतबार पनि दिने सार्वजनिक बिदा स्वास्थ्य क्षेत्रमा लागू नहुने भनिएको प्रति एपोनले आपत्ति जनाएको छ ।

गोदानले विज्ञप्ति जारी गर्दै सरकारको सो तयारीले एकै बिन्दु र एकै ऐनका कर्मचारीमाथि न्यायसङ्गत हुन नसक्ने भन्दै आपत्ति जनाएको हो । गोदानले स्वास्थ्यकर्मीले आइतबार बिदा नपाउने हो भने अन्य कर्मचारीको तुलनामा ५२ दिन अधिक थप कार्यभार हुन आउने भन्दै यसको व्यवस्थापन अपरिहार्य रहेको जनाएको छ । 

कुनै विशेष सुविधा र न्यायोचित प्रोत्साहन बिनाको सो निर्णयमा कुनै समर्थन नरहेको बताउँदै तत्काल व्यवस्थित गर्न सरकारसमक्ष गोदानले माग गरेकाे छ ।

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।