• २ असार २०८१, आइतबार

भलिबलमा आर्मीको दुवै टिमलाई सफलता

blog

आरबीबी एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिगमा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर : सौजन्य राखेप

काठमाडौँ, वैशाख १९ गते । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको महिला तथा पुरुष दुवै टिमले छैटौं आरबीबी एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिगमा सोमबार सफलता हात पारेको छ । 

प्रतियोगिताको महिला तर्फ सेनाले एभरेष्ट भलिबल क्लब, रुपन्देहीमाथि २५–१९, २५–७, २५–१८ को जित निकालेको हो । सेनाले आफ्नो खातामा तीन अंक जोड्न सफल भयो । यस्तै पुरुषतर्फ पनि सेनाले जित निकाल्यो । सेनाले गण्डकी प्रदेश भलिबल क्लबलाई २५–१९, २५–८, २५–१८ ले हरायो । लगातार दोस्रो जित निकालेको सेनाले ६ अंक जोडेको छ । पहिलो खेलमा सेनाले एपिएफ क्बललाई हराएको थियो । 

त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको प्रतियोगिताको महिलातर्फ विभागिय टोली पुलिस क्लबले अर्को विभागिय टोली एपिएफलाई २५–२०, २५–२३, १७–२५, २५–१६ ले हरायो । अर्को खेलमा टिपटप हेल्प नेपाल भलिबल क्लबले ढोरपाटन स्पोर्टस् क्लबलाई २५–२१, २७–२५, २५–२० ले स्तब्ध बनायो ।