• १२ पुस २०८१, शुक्रबार

एसियाडका लागि बास्केटबल र कबड्डीको प्रारम्भिक छनोट

blog

थ्री बाइ थ्री बास्केटबलका लागि प्रारम्भिक छनोटमा परेका खेलाडीहरु । तस्बिर : राखेप

काठमाडौँ, वैशाख १९ गते । एसियाली खेलकुदको १९औँ संस्करणका लागि बास्केटबल र कबड्डी टोलीको प्रारम्भिक छनोट सम्पन्न भएको छ । दुवैमा महिला टोलीको प्रारम्भिक छनोट सम्पन्न भएको हो ।

बास्केटबलमा आठ खेलाडीको छनोट गरिएको नेपाल बास्केटबल संघका सचिव फणिन्द्रमान श्रेष्ठले जानकारी दिनुभयो । स्केटबलको थ्री बाइ थ्री बाइमा प्रतिक्षा मगर, श्रेया खड्का, गरिशा सिलवाल, विनामणि योञ्जन, एरिका श्रेष्ठ, अमिशा घले, छिरिङ छोकी शेर्पा र मिना गुरुङ पहिलो चरणलाई छनोट हुनुभएको छ । 

यसैगरी नेपाल कबड्डी संघका महासचिव विनोद प्रजापतिका अनुसार कबड्डीमा २८ खेलाडी छानिएका छन् । कबड्डीमा एपिएफकी सुनिता थापा, नेपाल प्रहरीकी मानमति विष्ट, नेपाल आर्मीकी निशा बोहरा, एपिएफकी रविना चौधरी, आर्मीकी मेणुका राजवंशी, एपिएफकी जयन्ती बढु, आर्मीकी गंगा घिमिरे, लुम्बिनी प्रदेशकी सिर्जना चौधरी, आर्मीकी अनुजा कुलुङ राई, सुदूरपश्चिम प्रदेशकी सिर्जना सुनार, गण्डकी प्रदेशकी बुद्धिमाया मगर र सुदूरपश्चिमकी कलावती पन्त छनोट हुनुभएको छ । 

अन्यमा आर्मीका मिना नेपाली र इशा राई, प्रदेश १ का लक्ष्मी विश्वकर्मा, बाग्मती प्रदेशकी बविता पुकुवाल, एपिएफका सविना मल्ल र कमला थापा, प्रहरीकी गंगा राकसकोटी, आर्मीकी कोपिला कार्की, बाग्मतीकी अम्बिका कटुवाल, सुदूरपश्चिमकी सोनम चन्द, बाग्मतीकी पूजा दुवाल, प्रहरीकी नितु गुरुङ, प्रहरीकी राधिका खडायत, प्रदेश १ की पूजा राजवंशी, मधेश प्रदेशकी दिब्याकुमारी शाह र प्रहरीकी अर्पणा चौधरी रहनुभएको छ । 

एसियाली खेलकुदको इतिहासमा नेपालले महिला कबड्डीमा पहिलो पटक सहभागिता जनाउन लागेको हो ।  एसियाली खेलकुद चीनको हाङझावमा भदौ २५ देखि असोज ९ गतेसम्म हुँदैछ ।