• ३० वैशाख २०८१, आइतबार

ज्याकलिन फर्नान्डिजको सम्पत्ति जफत

blog

काठमाडौं, वैशाख १८ गते । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजको नाममा रहेको ७.२७ करोड (भारु) बराबरको सम्पत्ति जफत गरिएको छ । यो सम्पत्तिमध्ये ५.७१ करोड (भारु) सुकेश चन्द्रशेखरले ज्याकलिनलाई उपहार दिएकोसमेत बताइएको छ । 

भारतीय सञ्चार माध्यमले जनाए अनुसार प्रवद्र्धन निर्देशनालय (ईडी)ले दुई सय करोड मनी लाउन्ड्रिङ (सम्पत्ति शुद्धीकरण) मुद्दामा मुछिएकी ज्याकलिनको सात करोड भारु बराबरको सम्पत्ति जफत गरेको हो ।

यस्तै, चन्द्रशेखरले ज्याकलिनलाई एक लाख ७३ हजार अमेरिकी डलरदेखि २७ हजार डलरसम्म रकम दिएको बताइएको छ । यसअघि पनि सुकेशले बयानमा ज्याकलिनलाई गुसी च्यानलमार्फत १५ जोडी इयररिङ, मूल्यवान ब्याग र अन्य विलासी सामग्री उपहार दिएका थिए । 

साथै, सात करोड बराबरको गहना र अन्य उपहार पनि दिएको सुकेशले बताएकाे भारतीय सञ्चार माध्यमले उल्लेख गरेको छ ।