• ८ जेठ २०८१, मङ्गलबार

सगरमाथा आरोहण मार्ग निर्माण चौथो क्याम्प माथि

blog

सगरमाथा आरोहण मार्ग निर्माणमा खटिएका शेर्पा गाइडहरु चौथो क्याम्प माथि । तस्विर सौजन्य : टासि ल्हाक्पा शेर्पा

काठमाडौं, बैशाख १८ गते । सगरमाथाको आरोहण मार्ग निर्माण सात हजार चार सय मिटर माथि पुगेको छ । ११ जना शेर्पाको टोलीले डोरी टाँगेर बाटो निर्माण चौथो क्याम्प माथि पुर्याएको सेभेन समिट ट्रेकका निर्देशक टासिल्हाक्पा शेर्पाले जानकारी दिनुभयो । 

मे १० मा चुचुरो पुग्ने लक्ष्यले बाटो निर्माणलाई तिव्रता दिइएको शेर्पाले जानकारी दिनुभयो । यो बाटो हुँदै सगरमाथा, ल्होत्से र नुप्से हिमालको आरोहण हुने गर्छ । मे महिना भित्रमा सबै आरोहण सम्पन्न गर्ने गरी आरोहण कम्पनीहरुले आरोहीलाई तयारी अवस्थामा राखेका छन् । हाइ पचाउन पहिलो, दोस्रो क्याम्पसम्म पुगेर आधारशिविरनै फर्केर आरोहणको तयारी अवस्थामा रहेको पायोनियर एटके एक्पीडिसनका प्रमुख लाक्पा शेर्पाले जानकारी दिनुभयो । 

यो महिना ३९ आरोहणदलबाट २४३ जना पुरुष र ७३ जना महिला सहित ३१६ जना आरोहीले सगरमाथाको आरोहणका लागि पर्यटन विभागबाट अनुमती लिई सकेका छन् । 


Author
छेटु शेर्पा

शेर्पा, पर्यटन र समसामयिक विषयमा रिर्पोटिङ गर्नुहुन्छ।