• १० जेठ २०८१, बिहिबार

नयाँघरेको ‘याकजी’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख १२ गते ।  निबन्धकार तथा नियात्राकार युवराज नयाँघरेको ‘याकजी’ निबन्ध सङ्ग्रहको विमोचन भएको छ । प्राज्ञ तथा नाटककार अशेष मल्लले विमोचन गर्नुभएको उक्त नियात्राका कृति तल्लो र माथिल्लो डोल्पाको भूगोल, संस्कृति, जनजीवन र विकटताको वर्णन छ ।  यो कृति यात्रा मात्रै नभएर सामाजिक रूपमा गहिरो अध्ययन गरिएको विशेष ग्रन्थ हो, नाटककार मल्लले भन्नुभयो ।’ 

याकजीका लेखक युवराज नयाँघरेले आफ्ना लेखकीय अनुभव सुनाउनुहुँदै ‘कर्णालीको विकट क्षेत्रको यात्राबाट आपूmले जीवनकै गहिरो दर्शन प्राप्त गरेको’ धारणा प्रस्तुत गर्नुभयो । उहाँले भन्नुभयो, “डोल्पा नेपालको एउटा विशेष प्रतिविम्ब हो । विकटताभित्र रहेको सरलता र शान्तिको एक विशेष अनुभूतिका लागि हामीले यी भूभागहरू घुम्नुपर्छ । यो यात्राबाट मैले समाज र सरकारलाई हेर्ने एउटा फरक भावना हुर्काएको छु । 

देश चिन्नका लागि डोल्पा एक विशेष स्थान हो ।” नियात्राकार नयाँघरेका यो १८औँ कृति हो । रत्न पुस्तक भण्डारबाट प्रकाशित यो कृतिलगायत उनका आठौँ नियात्राका कृतिहरू प्रकाशित छन् ।