• १० जेठ २०८१, बिहिबार

गुरुकुलमा नाटक ‘स्कुल’

blog

काठमाडौँ , वैशाख १२ गते । दिलीप बान्तवाको कथामा आधारित नाटक ‘स्कुल’ मञ्चन हुने भएको छ । सुरज तमूको निर्देशन र परिकल्पना रहेको नाटक थापागाउँस्थित गुरुकुल थिएटरमा मञ्चन हुन लागेको हो । नाटक स्कुलमा भाषाको कारण विद्यार्थीमा कस्तो असर पर्ने विषयमा प्रस्तुत रहेको छ । 

निर्देशक तमुले भन्नुभयो, “विद्यालयमा भाषाका कारण जनजातिका बालबालिकालाई गाह्रो हुन्छ । आफ्नो मातृभाषा बोल्न दक्ष हुन्छन् तर नेपाली बोल्न र पढ्न नजान्दा भाषाकै कारण केहीले पढाइसमेत छोडेका हुन्छन् । नेपाली शिक्षा प्रणालीमाथिको चिन्तामा यो नाटक घुमेको छ ।” कथा राई समुदायमाथि केन्द्रित रहे पनि नाटकले भने गुरुङ समुदायलाई समेटेको छ । 

वैशाख १४ गतेदेखि २८ गतेसम्म मञ्चन हुने नाटकमा नीता राई, सुभाष तिमिल्सिना, चन्द्र नेपाली, मोहन राई, सन्दीप योगी, विकास लामा, प्रतिमा राईलगायतका कलाकारको अभिनय रहनेछ ।