• १० जेठ २०८१, बिहिबार

शिक्षाविद स्वर्गीय लक्ष्मण राजवंशीद्वारा लिखित पुस्तक विमोचन

blog

काठमाडौं, वैशाख १२ गते । सिद्धार्थ वनस्थली इन्ष्टिच्युटका संस्थापक प्रचार्य, शिक्षाविद् एवं सहित्यकार स्वर्गीय लक्ष्मण राजवंशीद्वारा लिखित कृति ‘गुली सहयोयगु’ पुस्तकको विमोचन गरिएको छ । 

आइतबार उहाँको प्रतिमा अनावरण गरी उहाँद्धारा लिखित कृतिको कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति जापानका लागि पूर्व राजदूत केदारभक्त माथेमाले पुस्तकको विमोचन गर्नुभएको थियो । संविधानसभा सदस्यको ज्येष्ठ सदस्यबाट सभामुखको समेत भूमिका निर्वाह गर्नुभएका राजवंशी २०७८ वैशाख ११ गते स्वर्गारोहण हुनुभएको थियो । 

स्वर्गीय राजवंशीका श्रीमती शोभा राजवंशीद्वारा प्रतिमामा माल्यार्पण गरी स्मृति दिवस मनाइएको थियो । विद्यालयका प्रचार्य रुपक राजवंशीद्वारा कार्यक्रममा उपस्थितहरुलाई स्वागत गर्नुभएको थियो । कार्यक्रममा पूर्वविद्यार्थीको समेत उपस्थिति थियो ।