• १२ मंसिर २०८१, बुधबार

नेपाल भारत जमुनाहा नाका दुई दिन बन्द

blog

दुई दिनका लागि बन्द गरिएको जमुनाहा नाका ।

सिराज खान

नेपालगन्ज, जेठ ५ गते । भारतको बहराईच जिल्लामा सोमवार हुने लोकसभाको निर्वाचनका लागि यहाँस्थित नेपाल भारत जमुनाहा नाका शनिबारदेखि बन्द गरिएको छ।

निर्वाचनको सुरक्षा लाई ध्यानमा राखेर भारतले जमुनाहा नाका शनिवारदेखि सोमवार बेलुका निर्वाचन सम्पन्न नभएसम्मका लागि बन्द गरिएको बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले बताउनुभयो ।

उहाँले सो बारेमा भारतीय सुरक्षा अधिकारी बाट जानकारी प्राप्त हुनसाथ जिल्ला प्रशासन कार्यालयले सूचना निकालेर सबैलाई जानकारी गराइएको बताउनुभयो । जिल्ला प्रशासन कार्यालय बाँकेले प्रकाशित गरेको सूचनामा शनिबार राति साढे दस बजेदेखि सोमवार बेलुकी ५ बजेसम्म जमुनाहा नाका बन्द रहने जनाइएको छ । तर भारतीय सुरक्षा निकाय एसएसबीले भने शनिबार दिउँसो १२ बजेदेखि नै नाका बन्द भएको जनाउँदै आवागमनमा कडाइ गरेको छ।

एक्कासि नाका बन्द गरिएको जानकारी सार्वजनिक गरिएपछि नेपाली र भारतीय दुवै देशका नागरिक अन्यौलता परेका छन् । यसअघि गत साता पनि भारतको बहराईच जिल्लाको बहराईचमा निर्वाचन भएकोले ७२ घण्टाका लागि  जमुनाहा नाका बन्द गरिएको थियो ।