• १२ पुस २०८१, शुक्रबार

कौशीमा 'उलार' मञ्चन हुँदै

blog

काठमाडौं, वैशाख ८ गते । कौशी थियटरमा नाटक 'उलार' मञ्चन सुरु भएको छ । नयनराज पाण्डेको उपन्यासको नाट्य रूपान्तर 'उलार' बैशाख ६ गतेदेखि मञ्चन भएको हो ।

२५ वर्षअघि प्रकाशित नेपालगञ्जको परिवेशमा बुनिएको सीमान्तकृत जनताको संघर्षको कथा हो 'उलार' । उपन्यासमा २०४६ सालको परिवर्तनपछि देखिएको राजनीतिक चरित्र र सीमान्तकृत वर्गको भोगाइलाई देखाइएको छ । 

यस नाटकमा थिएटर क्वुइन सरिता गिरी, सबिर चरौटे, शेखर चौलागाँई, अरुण शर्मा, सञ्जय गुप्तालगायतका कलाकारहरूले अभिनय देख्न सकिन्छ ।

चे शंकरले निर्देशन गर्नुभएको नाटक वैशाख १८ गतेसम्म चल्नेछ ।