काठमाडाैं, वैशाख ८ गते । गृहमन्त्री बालकृष्ण खाणले ललितपुरको औद्योगिक क्षेत्रभित्र
रहेको सगरमाथा अक्सिजन प्लान्टमा भएकाे विस्फोटकाे छानबिन गर्न निर्देशन दिनुभएको
छ ।
गृहमन्त्री
खाणले गृहसचिव टेकनारायण पाण्डे, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, महानगरीय प्रहरी परिसर ललितपुरका
प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनाेद पाेखरेल र सशस्त्र प्रहरीका ललितपुर प्रमुख
उपरीक्षक विकास घिमिरेलाई घाइतेको तत्काल उद्धार गर्न र घटनाको छानबिन निर्देशन दिनुभएकाे हाे
।
ललितपुरका
प्रजिअ उपाध्यायका अनुसार विस्फोटमा एकजनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते
र पाँच जना घाइते भएका छन् ।
मृत्यु
हुनेमा भारतीय नागरिक बृजकुमार महतो रहेको र बाँकी सात जना घाइतेमध्ये एक जनाकाे
अवस्था गम्भीर रहेको ललितपुरका एसपी सिद्धिविक्रम शाहले गोरखापत्र अनलाइनलाई
जानकारी दिनुभयो ।
घाइतेहरुको
पाटन अस्पताल र बीएण्डबी अस्पतालमा उपचार हुँदै शुरु भएको उहाँले जानकारी दिनुभयो
। दुई दर्जन बढी कामदार भए पनि अन्य कामदार बाहिरी क्षेत्रमा भएकाले ठूलाे दुर्घटना
नभएकाे र विस्फोटनले उद्योगमा क्षति पुगेको उहाँले जानकारी दिनुभयो ।