शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                गोरखापत्र समाचारदाता 
काठमाडौँ, वैशाख ७ गते । स्वर्गकी अप्सरा बोलको गीत सार्वजनिक भएको छ । गीतमा कलाकार आकाश श्रेष्ठ र पूजा शर्माको अभिनय रहेको छ । कोरियोग्राफर कविराज गहतराजद्वारा निर्देशित गीतमा दुई कलाकार प्रेमिल मुडमा प्रस्तुत भएका छन् ।
दीपक कँडेलद्वारा लिखित गीत सुगम पोखरेल र अञ्जु पन्तले गाउनुभएको भने गीतमा वसन्त कार्कीले सङ्गीत भर्नुभएको छ । गीतमा सङ्गीत संयोजन सुदीप सागरको रहेको छ । सौरभ लामाको छायाङ्कन–निर्देशन रहेको गीतलाई अर्जुन जीसीले सम्पादन गर्नुभएको हो ।
                                                    गोरखापत्र
                                                
                                            
                                                                                            Gorkhapatra...