• १७ जेठ २०८१, बिहिबार

सिटी र लिभरपुल च्याम्पियन्स लिगको सेमिफाइनलमा

blog

काठमाडौँ, बैशाख १ गते । इङ्लिस महारथि म्यानचेस्र सिटी र लिभरपुृल युइएफए च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडलाई गोलरहित बराबरीमा रोक्दै सिटीले अन्तिम चारमा स्थान बनाएको हो । 

अर्को खेलमा पोर्चुगिज क्लब बेन्फिकासँग ३–३ गोलको बराबरी खेल्दै लिभरपुल सेमिफाइनलमा पुगेको हो । सिटीले पहिलो लेग १–० गोलले जितेको सिटी बराबरीसँगै समग्रमा १–० गोलले विजयी भयो । यसैगरी पहिलो लेगमा ३–१ गोलले जितेको लिभरपुल समग्रमा ६–४ गोलले विजयी भयो । एट्लेटिकोको मैदानमा सिटीले बल पोसेसन अब्बल राखेपनि गो्ल फर्काउन सकेन । खेलको अन्तिममा १० खेलाडीमा समेटिएको एट्लेटिकोको गोल फर्काउने प्रयास पनि सफल भएन । 

यसैगरी गोलको बर्षा भएको खेलमा घरेलु टोली लिभरपुलका लागि रोबर्टो फिर्मिनोले दुई तथा इब्राहिमा कोनाटले एक गोल गर्नुभयो । बेन्फिकाका गोन्कालो रामोस, रोमन यारेमचुक र डार्विन नुनेजले गोल गर्नुभयो । पष्हिलो लेगको फराकिलो हार नै बेन्फिकाका लागि महंगो बन्यो । 

यससँगै च्याम्पियन्स लिगको सेमिफाइनल समिकरण पनि पूरा भएको छ । सेमिफाइनलमा लिभरपुलले र स्पेनिक क्लब भिल्लारियल तथा म्यानचेस्टर सिटी र अर्को स्पेनिस क्लब रियल म्याड्रिडसँग प्रतिस्पर्धा गर्नेछ । सेमिफाइनलको पहिलो लेग अप्रिल २६ र दोस्रो लेग मे ३ तारिख हुनेछ । फाइनल खेल भने मे २८ तारिख खेलिनेछ । एजेन्सी