• ७ जेठ २०८१, सोमबार

मुख्यमन्त्री भट्टद्वारा बिशु पर्वको शुभकामना

blog

भवानी ऐर

गोदावरी (कैलाली), बैशाख १ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नयाँ वर्ष एवं सुदूरपश्चिमेलीको महत्वपूर्ण पर्व बिशु २०७९ को सुखद् अवसरमा शुभकामना ब्यक्त गर्नुभएको छ ।

मुख्यमन्त्री भट्टले आज विहीवार जारी गर्नुभएको शुभकामना सन्देशमा नयाँ वर्षले सबैका भावना र विचारलाई अझ प्रकाशमय बनाई सकारात्मक सोचसहित सुदूरपश्चिम प्रदेशको समृद्धि र विकासका लागि  प्रेरणा मिलोस भन्ने शुभेच्छा ब्यक्त गर्नुभएको छ ।

शुभकामना सन्देशमा भनिएको छ– ‘नयाँ वर्ष एवं बिशु पर्वले हामी सबैमा खुशी साटासाट गर्दै आगामी वर्ष हर्साेउल्लासका साथ सुख शान्ति, समृद्धि, सु–स्वास्थ्य एवं दीर्घायुको कामनासहित सामाजिक न्याय सद्भाव सुमधुर सम्बन्ध बढाउन सकोस भन्ने कामना गर्दछु ।’

आवधिकरुपमा जनमतका अधारमा राज्य ब्यवस्था सञ्चालन हुनेभएकाले  राज्यव्यवस्था र यसका सञ्चालकलाई सामाजिक स्वीकृति प्रदान गर्नुकासाथै यस वर्ष हुने सबै तहका निर्वाचनको सफलताको कामनासमेत गर्नुभएको छ ।