• १७ जेठ २०८१, बिहिबार

सहमतिको संस्कृति विकास गर्नुपर्छ : सभामुख

blog

काठमाडौँ, वैशाख १ गते । सभामुख अग्निप्रसाद सापकोटाले नयाँ वर्ष २०७९ को शुभकामना व्यक्त गर्दै चुनावी वर्षको रूपमा रहेको वर्षमा आफ्नो अमूल्य मताधिकारको सही प्रयोग गरी सही जनप्रतिनिधि छान्न आह्वान गर्नुभएको छ । उहाँले नयाँ वर्ष राजनीतिक दलहरूका लागि आफ्ना नीति र नेतृत्वको परीक्षाको वर्ष बन्ने पनि उल्लेख गर्नुभएको छ ।  आगामी दिनमा संविधानको कार्यान्वयन गर्दै मुलुकलाई अगाडि बढाउन दलहरूका बीचमा सहकार्य र सहमतिको संस्कृति अझ विकास र विस्तार हुने विश्वास सभामुख सापकोटाले गर्नुभएको छ ।