• १३ साउन २०८१, आइतबार

क्याम्पसलाई नगर बस

blog

लहान समाचारदाता 

लहान,कात्तिक १ गते । लहान नगरपालिकाले त्यहाँको जेएस मुरारका बहुमुखी क्याम्पसलाई नगर बस हस्तान्तरण गरेको छ। टाढाबाट आउने विद्यार्थीलाई क्याम्पस आउन जान सहज होस् भन्ने उद्देश्यले बस हस्तारण गरिएको हो।  

लहान नगरप्रमुख महेशप्रसाद चौधरीले क्याम्पसको शैक्षिक विकासको लागि बस हस्तान्तर गरेको बताउनुभयो। प्रमुख चौधरीले थप्नुभयो, “मधेश प्रदेशकै नमूना क्याम्पसको रूपमा रहेको यस क्याम्पसको शैक्षिक उन्नयन र भौतिक विकासको लागि पहिलो सहयोग हो। पछि अन्य सहयोगहरू निरन्तर गरिरहने छौँ।” प्रमुख चौधरी उक्त क्याम्पसको स्ववियु सभापतिसमेत हुनुहुन्थ्यो। क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष रामसुन्दर चौधरीले नगरपालिकाले गरेको सहयोगबाट अत्यन्तै उत्साही भएको बताउनुभयो। उहाँले यस क्याम्पसमा कृषि, विज्ञानलगायतका अन्य सङ्काय सञ्चालनका लागि गृहकार्य भइरहेको बताउनुभयो। 

गत चैतमा तत्कालीन नगरप्रमुख मुनि साहले लहान नगरपालिकाका ग्रामीण भेगका बासिन्दालाई सहर आवतजावत गर्न खरीद गर्नुभएको बस क्याम्पसलाई हस्तान्तरण गर्न‘ ठीक नभएको लहान–८ का धीरज श्रेष्ठले बताउनुभयो। उक्त नगर बसमा ३० रुपियाँमा ग्रामीण भेगका स्थानीय सहर आउजाउ गर्न निकै सहज भएको उहाँको भनाइ छ।