• १ जेठ २०८१, मङ्गलबार

विधेयक पारित भएपछि दीप प्रज्वलन

blog

सङ्खुवासभा, साउन ११ गते । योगमाया आयुर्वेद विश्वविद्यालय स्थापना सम्बन्धि विधेयक संसदबाट पास भएपछि सङ्खुवासभामा दिप प्रज्वलन गरिएको छ । मंगलबार प्रतिनिधी सभाबाट विधेयक पास भएपछि सदरमुकाम खाँदबारीको पोखरी पार्कमा जिल्लाबासीले दिप प्रज्वलन गरी खुसीयाली मनाएका हुन् ।

अरुण उपत्यका क्षेत्रमा विश्वविद्यालयको स्थापना हुने भएपछि खुसीयालीमा स्वतः स्फुर्त रुपमा दिप प्रज्वलन गरिएको दिप प्रजवलन कार्यक्रममा संलग्न स्थानीयले बताएका छन् । कार्यक्रममा  राजनितीक दलका नेताहरु, ब्यवसायी, शिक्षाकर्मी लगायत स्थानीय वासिन्दाको उपस्थिती रहेको थियो । 

योगमाया आयुर्वेद विश्वविद्यालय स्थापनाको प्रकृया अघि बढेसँगै जग्गा ब्यवस्थापन कार्य सुरु गरिएको छ । अरुण उपत्यका क्षेत्र अन्तर्गत तुम्लिङटार र आसपासको क्षेत्रमा जग्गा छनौट तथा खोजी कार्य सुरु गरिएको छ । खाँदबारी ९ तुम्लिङटारमा योगमाया आयुर्वेद विश्वविद्यालयको पुर्वाधार निर्माण समितिको फिल्ड कार्यालय समेत स्थापना भईसकेको छ ।


Author
ध्यान कुलुङ

उहाँ सङ्खुवासभाबाट गोरखापत्रलाई रिपोर्टिङ गर्नुहुन्छ ।