• १९ असोज २०८१, शनिबार

बाढीले अरुण तेस्रोको डाइभर्सन थुनियो

blog

सङ्खुवासभा, असार २२ गते । लगातार पानी परेपछि अरुण नदीमा आएको बाढीले अरुण तेस्रो जलविद्युत आयोजनाको डाइभर्सन टनेल थुनिएको छ । 

मकालु गाउँपालिका ५ फ्याक्सिन्दामा निर्माणाधीन बाँध निर्माण क्षेत्रको टनेल थुनिदा अस्थायी बाँधमा पानी भरिएको छ । अहिले उक्त बाँधमा पानी भरिएर करिब ७ सय मिटरको ताल बनेको मकालु गाउँपालिका अध्यक्ष ओङ्दी छिरिङ भोटेले जानकारी दिनुभयो ।

फ्याक्सिन्दामा बाँध निर्माणको लागि ४२९ मिटरको डाइभर्सन टनेल निर्माण गरिएको थियो । उक्त टनेल भित्र बाढीले बगाएर ल्याएको ढुङ्गा तथा काठको लकडीले थुनिएको हुनसक्ने अध्यक्ष शेर्पाले बताउनुभयो । पानीलाई टनेल तर्फ पठाउनको लागि बनाइएको बाँध अहिले भरिने क्रममा रहेका अध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।

उक्त बाँध भरिएपछि माथिबाट पानी बग्नेछ । बाँध भत्किए फ्याक्सिन्दा मुनीको तटीय क्षेत्रको बस्तीमा जोखिम रहेको उहाँले बताउनुभयो ।


Author
ध्यान कुलुङ

उहाँ सङ्खुवासभाबाट गोरखापत्रलाई रिपोर्टिङ गर्नुहुन्छ ।