• १२ साउन २०८१, शनिबार

माछालाई लगाएको करेन्ट आफैँलाई लागेपछि

blog

सङ्खुवासभा, जेठ ४ गते । जिल्लाको चिचिला गाउँपालिका २ ज्यामिरेका एक युवकको करेन्ट लागेर मृत्यु भएको छ । स्थानीय कागुवा खोलामा माछालाई लगाएको करेन्ट आफैँलाई लाग्दा स्थानीय २४ वर्षीय छेम्बी शेर्पाको मृत्यु भएको हो ।

ब्याट्रीको प्रयोग गरी खोलाको माछालाई लगाएको करेन्ट आफैलाई लाग्दा शेर्पाको घटना स्थलमा नै मृत्यु भएको चिचिला गाउँपालिका २ का वडा ध्यक्ष दिनेशकुमार राईले जानकारी दिनुभयो । 

शेर्पाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिनुभयो । 


Author
ध्यान कुलुङ

उहाँ सङ्खुवासभाबाट गोरखापत्रलाई रिपोर्टिङ गर्नुहुन्छ ।