लगातार पानी परेपछि अरुण नदीमा आएको बाढीले अरुण तेस्रो जलविद्युत आयोजनाको डाइभर्सन टनेल थुनिएको छ ।
जिल्लाको चिचिला गाउँपालिका २ ज्यामिरेका एक युवकको करेन्ट लागेर मृत्यु भएको छ । स्थानीय कागुवा खोलामा माछालाई लगाएको करेन्ट आफैलाई लाग्दा स्थानीय २४ बर्षीय छेम्बी शेर्पाको मृत्यु भएको हो ।
आदिवासी कुलुङ समुदायको प्रमुख पर्व चाक्चाकुर पर्व आजबाट मनाउन सुरु गरिएको छ । कुलुङ समुदायको बाहुल्य क्षेत्रमा पौष १५ देखि १७ सम्म तीन दिन यो पर्व मनाउने गरिन्छ ।
जिल्ला कारागार खाँदबारीमा गत साउन २३ गते मृत्यु भएका २ कैदीको छानबिनका लागी ३ वटा छुट्टाछुट्टै अध्ययन तथा छानबिन समिति गठन भएका छन् । तर समितिले अनुसन्धानको काम भने अघि बढाउन सकेको छैन ।
अरुण तेस्रोमा सुरुङबाट पठाइएको पानी पहिरोको कारण थुनिएपछि पुरानो मार्ग भएर बग्न थालेको छ । पहिरोले सुरुङ बन्द भएपछि पानीलाई निर्माणाधीन बाँधमा पठाइएको पानी भरिएर पुरानो मार्ग भएर बग्न थालेको हो ।
बजारमा फूलको अभाव बढेको छ । फूलै फूलको पर्व भनेर समेत चिनिने तिहारमा फूल अभाव हुँदा उपभोक्ताहरू रित्तो हात घर फर्कन बाध्य भएका छन् ।
गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेका ९५८ जनालाई निर्वाचन आयोगले जरिवाना तोकेको छ । जिल्लाका दश स्थानीय तहका लागि उम्मेदवार बनेर खर्च विवरण पेस नगरेकाहरूलाई १८ करोड ९० लाख रुपैयाँ जरिवाना तोकेको हो ।
सङ्खुवासभामा पनि कोरोना भाईरस संक्रमित बिरामी फेला परेको छ । मादीको नगर अस्पतालमा संकास्पद ११ बिरामीको परीक्षण गर्दा ८ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय सङ्खुवासभाले जनाएको छ ।
आसन्न संघ र प्रदेशसभाको निर्वाचनमा सङ्खुवासभामा पाँच वटा मतदान केन्द्र थप्न सिफारिस गरिने भएको छ । विहीबार प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिको बैठकले यस्तो गर्ने निर्णय गरेको हो ।
योगमाया आयुर्वेद विश्वविद्यालय स्थापना सम्बन्धि विधेयक संसदबाट पास भएपछि सङ्खुवासभामा दिप प्रज्वलन गरिएको छ । मंगलबार प्रतिनिधी सभाबाट विधेयक पास भएपछि सदरमुकाम खाँदबारीको पोखरी पार्कमा जिल्लाबासीले दिप प्रज्वलन गरी खुसीयाली मनाएका हुन् ।
सङ्खुवासभामा पनि मत गणना सुरु भएको छ । मत पेटिका ढुवानी गर्न सहज भएका तीन पालिकाको मत गणना सुरु भएको हो ।
भोटखोला गाउँपालिका– ४ का एक बृद्धाको जग्गा ठगी आरोपमा पक्राउ परेका वडा अध्यक्ष, मालपोत कार्यालयका कर्मचारी र ठगिमा संलग्न एक जनालाई पुर्पक्षका लागि थुनामा पठाईएको छ । जिल्ला अदातल चैनपुरले वडा अध्यक्ष किन्साङ भोटे, मालपोत कार्यालयका नायव सुब्बा महेन्द्र पराजुली र स्थानीय सुरेन्द्र तामाङलाई कारागार पठाईएको हो ।