• २० असार २०८१, बिहिबार

दक्षिण एशियन कुमुतेमा नेपाल च्याम्पियन

blog

आईएमएएस दक्षिण एशियन कुमुते च्याम्पियनसिपमा च्याम्पियन नेपाली टोली । तस्बिर : राखेप

काठमाडौं, असार ५ गते । भारतको जयपुरमा आयोजना भएको आईएमएएस दक्षिण एशियन कुमुते च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन बनेको छ । नेपाल सोतोकान (एसकेडियुएन)ले १२ स्वर्ण, दुई रजत र दुई कांस्य पदक जित्दै टिम च्यामिपयन बनेको नेपाली टोली नेता एवं प्रशिक्षक चित्र प्रसाद श्रेष्ठले जानकारी दिनुभयो । 

नेपालका लागि स्वर्ण जित्नेमा बर्षा केसी, झरना केसी, सुरोज राजबाहक, एन्जीला राई, शाहिल घले, सर्मिला वाईवा, पुष्प लामा, बर्षा बुढामगर, साजन बल, सन्तोष श्रेष्ठ र एरिका गुरुङ हुनुहुन्छ । कातामा सुरेन्द्र तामाङले स्वर्ण दिलाउनुभयो । 

यसैगरी रुपक श्रेष्ठ र सम्मान मल्ल श्रेष्ठले रजत तथा सुरेन्द्र तामाङ र सन्जय मर्हजनले कांस्य पदक जित्नुभयो । टोलीमा एक ब्यवस्थापक, सात महिला र नौ पुरुष १६ खेलाडी, चार रेफ्री र एक अफिसियल गरि २३ जना हुनुहुन्थ्यो ।