• १८ असार २०८१, मङ्गलबार

राष्ट्रियसभा बैठक असार २ गते बस्ने

blog

तस्बिर : केशब गुरुङ

राष्ट्रियसभा बैठक असार २ गते बस्ने
काठमाडौं, जेठ ३१ गते । राष्ट्रियसभा बैठक आगामी असार २ गते बस्ने भएको छ । संसद् सचिवालयले असार १ गते बुधबारका लागि बोलाइएको राष्ट्रियसभा बैठक असार २ गते बस्ने जनाएको छ ।

सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘‘सम्माननीय अध्यक्षज्यूले २०७९ साल असार २ गते बिहीबार अपराह्न १ बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरुको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।’’