• १८ असार २०८१, मङ्गलबार

सहरी विकास मन्त्रालयसँग सम्बन्धित छलफल कार्यसूचीबाट हटाइयो

blog

तस्बिर : केशब गुरुङ

काठमाडौं, जेठ ३१ गते । सहरी विकास मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकहरुमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम कार्यसूचीबाट हटाइएको छ ।

मङ्गलबारको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत मन्त्रालयहरुको विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रीहरुले जवाफ दिने कार्यसूची छ ।

सभामुख अग्निप्रसाद सापकोटाले सहरी विकास मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकहरुमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम कार्यसूचीबाट हटाइएको जानकारी दिनुभयो ।