• १९ असोज २०८१, शनिबार

अर्थमन्त्रीको जवाफ सुन्न एमाले सांसदद्वारा अस्वीकार

blog

काठमाडौं, जेठ ३१ गते । नेकपा (एमाले)का सांसदले प्रतिनिधिसभा बैठकमा अर्थमन्त्रीको जवाफ सुन्न अस्वीकार गरेका छन् ।

मङ्गलबार प्रतिनिधिसभामा जारी बजेटमाथिको छलफलमा अर्थमन्त्री जनार्दन शर्माको जवाफ सुन्न एमाले सांसदले अस्वीकार गरेका हुन् ।

आज जारी बैठकमा अर्थमन्त्री शर्मासहित अन्य १० जना मन्त्रीले जवाफ दिने कार्यसूची  छ ।

प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै एमालेका सांसद एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेटको विषय राष्ट्रिय सुरक्षा जत्तिकै गोपनीय विषय भएको बताउनुभएको हो ।

उहाँले अर्थमन्त्री पदमा बस्न नमिल्ने जानकारी दिनुहुँदै प्रधानमन्त्री शेरबहादुर देउवाको समेत ध्यानाकर्षण गराउनुभयो ।

एमाले सांसदहरुले आफ्नो स्थानबाट उभिएर विरोध जनाएपछि सभामुख अग्निप्रसाद सापकोटाले एमालेका प्रमुख सचेतक विशाल भट्टराईलाई बोल्न समय दिनुभएको थियो ।

प्रमुख सचेतक भट्टराईले प्रतिनिधिसभाको कार्यसूचीबाट अर्थमन्त्रीले जवाफ दिने विषय हटाउन माग गर्नुभएको थियो ।