• ६ जेठ २०८१, आइतबार

सर्केगार्ड गाउँपालिका १ को वडा अध्यक्षसहित नेकपा एमाले प्यानल विजयी

blog

सर्केगार्ड गाउँपालिका १ का वडा अध्यक्ष बल कार्की ।

हुुम्ला समाचारदाता

हुुम्ला, जेठ १ गते । जिल्लाको मध्य क्षेत्रको सर्केगार्ढ गाउँपालिका १ मा नेकपा एमाले प्यानलै विजयी भएको छ । आज भएको मतगणनाको अन्तिम परिणाममा वडा अध्यक्ष बल कार्कीसहित चार जना सदस्य निर्वाचित हुनुभएको हो ।

सर्केगार्ड गाउँपालिका सहायक निर्वाचन अधिकृत मोहन गिरीले अध्यक्षका उम्मेदवार कार्कीले ३३० मत प्राप्त गरेर विजयी भएको जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका तारसिंह रावतबाट ५० मतको अन्तरले विजेता बन्नुभएको हो । 

रावतले २८० मत ल्याउनुभएको थियो । त्यसैगरी, नेपाली काँग्रेसका अध्यक्षका उम्मेदवार सुवास रावतले २१८ मत ल्याउनुभएको थियो । विजेता अन्य सदस्यहरुमा खुल्ला सदस्यमा उब्जन मल्ल र दशरे सार्की, दलित महिला सदस्यमा झवला नेपाली र महिला सदस्यमा बाँचुकला रावतले रहनुभएको छ । 

हालसम्मकाे मतगणनामा एमालेको यो पहिलो जित हो ।