• ९ वैशाख २०८३, बुधबार

बाहिनीपति ट्रफीमा चण्डी दल गण च्याम्पियन

blog

विजेतालाई पुरस्कार प्रदान गरिँदै । तस्बिर : प्रतीक इच्छुक शर्मा

प्रतीक इच्छुक शर्मा

सल्यान, वैशाख ९ गते । नेपाली सेनाको श्री नं= १९ बाहिनीको आयोजनामा सञ्चालित बाहिनीपति ट्रफी–२०८३ अन्तर्गत अन्तरगण भलिबल प्रतियोगिता सम्पन्न भएको छ । 

प्रतियोगिता श्री सिद्धिबक्स गण, सिमखर्क ब्यारेक, सल्यानमा वैशाख ६ गतेदेखि सञ्चालन भएको थियो। प्रतियोगितामा श्री चण्डी दल गण, श्री बर्दबहादुर गण, श्री सिद्धिबक्स गण, श्री ज्वालादल गण र श्री सूर्यदल गणको सहभागिता रहेको थियो ।

बुधबार भएको फाइनल खेलमा श्री चण्डी दल गण र श्री बर्दबहादुर गणबिच कडा प्रतिस्पर्धा देखिएको थियो। पाँच सेटसम्म चलेको रोमाञ्चक खेलमा चण्डी दल गणले ३–२ को सेटमा -१०–२५, २५–२२, २५–१३, २३–२५ र १५–१२_ जित हासिल गर्दै उपाधि आफ्नो नाममा पार्न सफल भयो।

प्रतियोगितामा बर्दबहादुर गण दोस्रो, आयोजक सिद्धिबक्स गण तेस्रो, ज्वालादल गण चौथो र सूर्यदल गण पाँचौँ स्थान हासिल गरेका छन ्। प्रतियोगिताका विजेतालाई मेडल र प्रमाणपत्र प्रदान गरिएको हो

समापन समारोहमा प्रमुख जिल्ला अधिकारी महेद्रकुमार सापकोटा, सशस्त्र प्रहरी बल गुल्म सल्यानका प्रमुख भरतबहादुर कँवर, नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष डिल्लीराज रावत लगायत सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

नेपाली सेना सिद्धिबक्स गणका निमित्त गणपति दिनेश न्यौपानेले यस्ता खेलकुद गतिविधिले सैनिकहरूबीच आपसी समन्वय, अनुशासन, नेतृत्व क्षमता तथा शारीरिक सुदृढता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।