• १४ असार २०८१, शुक्रबार

च्यारिटी गल्फमा माधव च्याम्पियन

blog

च्यारिटी गल्फका विजेता खेलाडी । तस्विर सौजन्य : गोकर्ण गल्फ क्लब

काठमाडौँ, वैशाख २४ गते । च्यारिटी गल्फ प्रतियोगिताको उपाधि माधव सिंखडाले जित्नुभएको छ । पार ७२ को गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा शनिबार भएको प्रतियोगितामा माधवले ४१ अंक बनाउनुभयो । स्टेबलफोर्ड विधामा सञ्चालित प्रतियोगितमा समान अंक बनाउनुभएका कवि थापा दोस्रो हुनुभयो ।

वेस्ट ग्रोसको उपाधि तासी छिरिङले जित्नुभयो । ३६ अंक बनाउनुभएका तासीले समान अंक बनाएका वानचेन ढोन्डुपलाई काउन्ट ब्याकका आधारमा पछि पार्नुभएको हो । महिलातर्फको उपाधि गिता गुरुङले जित्नुभयो । गिताले २६ अंक बनाउनुभयो । सिनियर ६० बर्ष माथिको उपाधि आरआर पाण्डेले जित्नुभयो । ३५ अंक बनाएमा पाण्डेले विजय बहादुर श्रेष्लाई पछि पार्नुभएको थियो ।

लङ्गेस्ट ड्राइभको पुरस्कार नोर्वु शेर्पा, क्लोजेस्ट टु द पिनको पुरस्कार रविन्द्र तिवारी र मोस्ट बर्डीको पुरस्कार तासी दोङले जित्नुभयो । नेपाल गल्फ संघले १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा दोहोरो स्वर्ण विजेता गल्फर सुवास तामाङको घर निर्माण सहयोगका लागि च्यारिटी गल्फ प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताबाट सुवासको लागि १५ लाख रुपियाँ सहयोग जुटेको छ ।