• १३ असार २०८१, बिहिबार

पारा राष्ट्रिय खेलकुद सम्पन्न

blog

पारा खेलकुदमा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर सौजन्य : राखेप

काठमाडौँ, वैशाख २३ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा पारा राष्ट्रिय खेलकुदको शुक्रबार सम्पन्न भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको एक दिने प्रतियोगितामा विभिन्न ४० स्पर्धामा दुई सय ९० खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको  राखेपका सदस्य सचिव टंकलाल घिसिङले उद्घाटन गर्नुभएको थियो । 

प्रतियोगिता अन्तर्गत बहिराको २ सय मिटर दौडको छात्रमा केन्द्रीय बहिरा माविका विशाल नकर्मी तथा छात्रामा सोही माविकी शिल्पाकुमारी कर्णले स्वर्ण जित्नुभयो। आंशिक दृष्टिविहीनको १ सय मिटर दौडमा ग्यालेक ग्याल्छेन पहिलो हुनुभयो । बौद्धिक अपाङ्गको १ सय मिटर दौडतर्फ छात्रमा निर्मल स्कुलका प्रवल शर्मा र छात्रामा नवज्योतिकी रोजिना श्रेष्ठले शीर्षस्थान हात पार्नुभयो । 

राखेपले पारा राष्ट्रिय खेलकुदअन्तर्गत विभिन्न १२ संस्थालाई दृष्टिविहीन क्रिकेट, बोसिया, साउन्ड टेबलटेनिस, व्हीलचेयर बास्केटबल, बहिरा फुटसल र बुद्धिचाल, दृष्टिविहीनको गोल बल, पारा साइक्लिङ, पारा भारोत्तोलन तथा एम्पुटी फुटबल खेल सञ्चालन गर्न जिम्मेवारी समेत दिइएको छ । सम्बन्धित संस्थाले जेठ १५ गतेसम्म आआफ्नो जिम्मामा परेको खेल सम्पन्न गर्नु पर्नेछ । सम्बन्धित संस्थालाई सदस्यसचिव घिसिङले शुक्रबार नै खेल सामाग्री पनि हस्तान्तरण गर्नुभएको थियो ।