• ३१ वैशाख २०८१, सोमबार

भिडियो

पायल्स भनेको के हो ?

blog

भिडियोः मनोजरत्न शाही र केशब गुरुङ

काठमाडौं, वैशाख १८ गते। पछिल्लो समय पायल्सको समस्या बढ्दै गएको छ। मलद्वारको समस्या भएकाले धेरैले यो समस्या लुकाउने गरेका छन्। उपचारका लागि जाँदा गोप्य अंग देखाउनुपर्ने भन्दै धेरैले खुलेर समस्या बताउन चाहदैनन्। समस्या बढ्दै गएपछि अन्तिम समयमा मात्र उपचारका लागि चिकित्सकसम्म पुग्ने हुँदा शल्यक्रिया गर्नुपर्ने अवस्था सिर्जना हुने गरेको छ।

  चिकित्सकका अनुसार पायल्स मलद्वारसँग सम्बन्धित रोग हो। यो समस्या भएपछि दिसा गर्दा दुख्ने र विस्तारै रगत देखिने चिकित्सक बताउँछन्। मलद्वारमा रगतका सानासाना नलीहरु हुन्छन्। पायल्स भएमा ती नली फुल्दै जान्छन्। यसरी फुल्लेका रगतका नलीहरु विस्तारै बाहिर निस्कन्छन् यसलाई नै चिकित्सकले पायल्स भन्ने गरेको आयुर्वेद चिकित्सक तथा अकुपंचर विशेषज्ञ डा. लोकेश कर्ण बताउनुहुन्छ। 

डा. कर्णका अनुसार पाइल्स हुदाँ मलद्वारको भित्री तथा बाह्य भागमा मासुको डल्लो जस्तो गाँठो पर्दछ। जसबाट बेलाबेलामा रगत निस्कने र त्यो डल्लो बाहिर निस्कने गर्दछ। ‘दिसा गर्दा रगत आउने, मलद्वारमा मासु पलाउने, दुख्ने, सुन्निने र चिलाउने पायल्सका मुख्य लक्षणहरु हुन’, डा. कर्ण भन्नुहुन्छ। पायल्सको मुख्य कारण जीवनशैली र खानपान भएको चिकित्सकको भनाइ छ। कतिपय अवस्थामा यो वंशाणुगत समस्याको रुपमासमेत देखिन्छ। 

सुरुको अवस्थामा जीवनशैलीमा परिवर्तन गर्दा यो समस्या विस्तारै निको हुँदै जाने डा. कर्ण बताउनुहुन्छ। पायल्सको नियन्त्रका लागि नियमित फलफूल र फाइबरयुक्त खाना खाने, व्यायम गर्ने, एकै स्थानमा धेरै समय नबस्न चिकित्सकले सुझाव दिनुभएको छ। पायल्सबाट बच्न धुम्रपान, मध्यपानको कुलत त्याग्ने, मासुजन्य पदार्थ वा खसीको मासु नखान डा. कर्णको सुझाव छ। पायल्स के हो ? किन हुन्छ  र उपचार विधि के हो ? भन्ने विषयमा केन्द्रित भएर गोरखापत्र अनलाइनका लागि आयुर्वेद चिकित्सक डा. कर्णसँग गरिएको भिडियो कुराकानीः  

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।