नारायण तिवारी
म छु र चन्द्र सूर्य छन्
म छु र खोलानाला छन्
म छु र यो ब्रह्माण्ड छ
म छु र यो धर्ती छ
म छु र आकाश छ, आकाशको सुन्दरता छ
म छु र यो जीवन छ, जीवनको यात्रा छ
म छु र यो अनुपम सृष्टि छ
म छु र नदी छ, पहाड छ, हिमाल छ
म छु र अग्नि छ, जल छ, सारा चराचर छ
म छु र सपना छ, उज्यालो भविष्य छ
म छु र प्रकृति छ, रमणीय ताल छ
म छु र सारा संसार छ
म नारायण तर, ईश्वर होइन मान्छे, फगत मान्छे
म छु र ईश्वर पनि छ
म विना यो सारा संसार के, संसारको सुन्दरता के ?
म विना यो संसारको सार्थकता के ?
म विना संसारको सार के, ईश्वर के......?