शिव पलाँस
मृत्युको विवेक हुँदैन
मृत्युले उमेर गन्दैन
ठूलो र सानो चिन्दैन
असल र खराब भन्दैन ।
चुँडेर लान्छ फूल कैले कोपिला चुँड्छ कैले त
मृत्युकै मृत्यु भई जाओस् श्राप दिन्छु मैले त
आँखाको आँसु देख्दैन दिलको बिन्ती सुन्दैन
ठूलो र सानो चिन्दैन असल र खराब भन्दैन ।
हुँदैन दौडेर, भागेर बाँचिन्न लुकेर, छिपेर
कुन बेला कसलाई लाने हो के थाहा टप्प टिपेर
जान्दैन कहिल्यै मृत्युले जीवनको मूल्य जान्दैन
ठूलो र सानो चिन्दैन असल र खराब भन्दैन ।