• ७ जेठ २०८१, सोमबार

पीपल वृक्षको पीडा (कविता)

blog

लुमडी आचार्य

 उकाली, ओराली भञ्ज्याङ चौतारी

वर–पीपल देखिने मुख्य हुन् ठाउँ यी

किरातकालमै प्रारम्भ भएको 

ऐतिहासिक सम्पदा चौतारी पनि हो । 


रुखहरूमध्येको निक्कै नै पवित्र

नाम हो यसको वृक्षराज पीपल 

प्राकृतिक र धार्मिक सम्पदामध्येको 

अक्सिजन धेरै नै पाइने स्रोत यो ।


रितो वा भरिया पैदल यात्रीको 

सुस्ताउने ठाउँ चौतारी पनि हो 

हुन्छ पूजा पीपलको सोम र शनिबार

अरू दिनमा गरिन्छ नछोइ नमस्कार ।


भैहाल्छ आयु सबै वृक्षहरूको 

पीपलको चाहिँ त विशासय हो

भएपछि पूरा समय सीमा यो 

झल्कने दृश्य देवी, गणेश शिवको ।


यताउति हिँड्दा देखिनेमध्येको 

दाँयापारि हिँड्ने चौतारी पनि हो 

वृक्षराज पीपल देखिन्छ ढलेको 

बाटो विकास खातिर परिणाम होला यो ।